२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी

अ+ अ-

प्रिय ! सहकारी,
हामी कहाँ पर्यौं ?
भुईँमा पर्‍यौ
कि भाडामा पर्‍यौ ?
यो कुरा पछि गरुँला ।
तर अहिले यो जरुरी छ,
हाम्रा आत्मबल कति मजबुत छन् ?
जसले आफूलाई उ भ्याउनु छ
अनि प्रमाणित गर्नु छ
यी मुटुहरूले अनिश्चितताको त्रास,
अन्याय, क्रोध र आस
कुनै संवेदना महसुस गर्दैन भनेर ।

होइन भने,
यी आत्मबलको धोक्रो रित्ताएर
कसले कुन धोक्रो भराए छ खै ?

प्रिय ! सहकारी
तिमीले भने जस्तै
अक्षरमा के भिन्नता छ र ?
चाहे त्यो चुरोटको ठट्टामा
नै किन नलेखियोस् ।
र ती अक्षरहरुको भाव के थियो ?
यो कुरा पछि गरुँला ।

तर,
अहिले यो जरुरी छ ।
ती अक्षरहरूसँग घुलनशील बन्ने
हाम्रा क्षमताहरू कति लचकदार छन् ?
जसले ती अक्षरहरू छछल्किदा
उठेको छालहरूसँग घोल्नु छ
अनि प्रमाणित गर्नु छ
यी क्षमताहरू
हाल, बहाल र अपगालका
अक्षरहरू बिच विभेद गर्दैन भनेर ।

होइन भने,
यी अक्षरहरू कमजोर बनाई
कसले कुन क्षमता मजबुत बनाए छ खै ?

प्रिय ! सहकारी
अण्डा पहिला कि चल्ला पहिला ?
हो त बाटो पहिला कि गाडी पहिला ?
यो कुरा पछि गरुँला

तर,
अहिले यो जरुरी छ,
हाम्रा सवारीका इन्जिन कति मजबुत छन् ?
जसले इच्छा विहीन गन्तव्यमा
पुगेर भन्न सक्नु छ ।
तपाईँको सेवामा उत्साहित छौ ।
अनि प्रमाणित गर्नु छ
भित्र भित्रै जुरमुराइ रहेको
असन्तुष्टिका विब्लपि ज्वालाहरू
निभाउन सक्षम छन् भनेर ।

होइन भने,
यी मजवुद सवारीलाई कमसल तुल्याई
कसले कुन शक्ति सञ्चय गरेछ खै ।