२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारमा थन्किएका १५१ गाडी विभिन्न ठाउँमा पठाइयो

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय तह र प्राविधिक शिक्षालयलाई दिइएको जानकारी दिनले ।

उनले ती निकायले आफैँ मर्मत गरी सञ्चालन गर्नका लागि दिइएको बताए ।

‘वर्षौंदेखि बिग्रिएर थन्किएका गाडी त्यतिकै रहेका थिए’, उनले भने, ‘ती गाडीको सदुपयोग गर्नका लागि हामीले सङ्कलन गरेर पठाएका हौँ ।’

कार्यालय गृहमन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ती गाडी प्रदेश, स्थानीय तह र प्राविधिक शिक्षालयलय दिइएको हो ।

गाडीको अभाव भइरहेको बिग्रिएर थन्किएका गाडीले प्रदेश तह र स्थानीय तहमा सहयोग पुग्ने उनले बताए ।

यस्तै विद्यार्थीलाई सीप सिक्नका लागि शिक्षालयमा समेत ती गाडी पठाइएको हो ।

प्रधानमन्त्री कार्यालयले सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा रहेका ती गाडी सङ्कलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस