करारमा शिक्षक नियुक्ति गर्ने सरकारको तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

करारमा शिक्षक नियुक्ति गर्ने सरकारको तयारी


१४ चैत्र २०७५, बिहिबार


काठमाडौं । शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकलाई विद्यालयले हाजिर गर्न नदिएपछि विद्यालयका विभिन्न विषयको पठन पाठन नै ठप्प हुने अवस्थामा पुगेपछि सरकारले करारमा नयाँ शिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।

आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–विद्यालयका प्रधानाध्यापकले फेल भएका शिक्षक स्वतः अवकास हुने भन्दै हाजिर रजिष्टरमा रातो लगाउन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको हो ।

कतिपय विद्यालयका प्रअले अनुत्तीर्ण भएका शिक्षकलाई नआउन निर्देशन दिइसकेका छन । तर वार्षिक परीक्षा भैरहेको अवस्थामा शिक्षकलाई विदा गर्दा विद्यार्थीको प्रश्नपत्र कस्ले परीक्षण गर्ने रु विषयमा समस्या परेको छ ।

शिक्षक सेवा आयोगबाट छनौट भएका स्थायी शिक्षकको पदस्थापनासँगै करिव १० हजारभन्दा बढी शिक्षक बिस्थापित हुने अवस्थामा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस