२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

अ+ अ-

रोल्पा । रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसके पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन ।

आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने ठाउँमा बसोबास गरे पनि दयनीय जीवन यापन गर्न बाध्य छन् । जिल्ला अस्पताल नजिकै घर भए पनि रोग लाग्दासमेत अस्पतालसम्म पुर्‍याउने न कुनै सहारा छ, न त अस्पतालको उपचारका लागि चाहिने पैसा नै । उनीहरु हातको सङ्केतबाट मात्र कुरा गर्छन् । घरमा खाना नभएका कारण कैयौँ रात भोकभोकै सुत्न बाध्य हुन्छन् ।

जाडो होस् या गर्मी एकसरो कपडामा रहन्छन् उनीहरु । सुत्नका लागि ओढ्ने ओछ्याउने कपडा नहुँदा उनीहरुका कैयौँ रात कठ्याङ्ग्रिएर बितेका छन् । जन्मेदेखि अहिलेसम्म उनीहरुको खुट्टाले जुत्ताचप्पल देख्न पाएको छैन । बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका उनीहरु पछिल्लोपटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन् ।

पहिले बुबाआमाले गाउँमा कटुवालेको काम गर्थे । एक ठाउँको समाचार अर्को ठाउँमा पु¥याउने, गाउँमा हुने महत्वपूर्ण कार्यक्रमको खबर आदानप्रदान गर्ने काम गरेवापत खलोको रूपमा अन्न दिने चलन थियो । खलो सङ्कलनबाट जीविका चलाएका उनका बुबाआमाको मृत्युपछि भने उनीहरु बेवारिसे बनेर हिँड्न बाध्य भए ।

अहिले उनीहरुसँग सरकारले बनाइदिएको सानो झुपडी र त्यस वरपर रहेको जग्गा मात्र बाँकी छ । ‘नापी गर्दा उनीहरुको हकभोगको जग्गासमेत नापी नक्सा नगरी छुटाइदिएका कारण अहिले सार्वजनिक जग्गाको रुपमा उपयोग भइरहेको छ’, रोल्पा नगरपालिका–२ का वडाध्यक्ष खिमबहादुर घर्तीले भने । बुबाको पालामा अब्बल जग्गाका धनी उनीहरु बुबाआमाको मृत्युपछि भने गाउँका मुखिया जिम्मुवालका कारण सुकुम्वासीजस्तै बनेका छन्, वडाध्यक्ष घर्तीले भने ।

दाजु गोपाल र भाइ प्रसादले गाउँलेले ल्याइदिएको भिमलबाट दाम्लो र डोरी बुन्ने गर्छन् । दाम्लो र डोरी बुनेवापत दिने दुई/चार माना अन्न र सय/पचास रुपैयाँ भएको छ त्यो परिवार बाँच्ने आधार । वृद्धावस्थाले आँखा कमजोर हुँदै जाँदा डोरी र दाम्लो बनाउनसमेत धौधौ हुने गरेको छ । उनीहरु कहिलेकाही गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौँ दिनका छाक टार्ने गर्दछन् । त्यस्ता काममा गएका उनीहरुलाई गाउँलेले कृपा गरेर दिने एक/दुइ सय पनि साँझबिहान जोहो गर्ने आधार बनेको छ ।

वडा कार्यालयले दाजु गोपाललाई ज्येष्ठ दलित भत्तावापत मासिक एक हजार र भाइ प्रसादलाई मासिक रु ६०० उपलब्ध गराउँदै आएको वडाध्यक्ष घर्तीले बताए । उनीहरुका आफन्त भाइ नाता पर्ने हर्कमान विक र काका नाता पर्ने गनबहादुर विकले भत्ता बुझिदिने गरेको वडाध्यक्ष घर्तीले बताए । बहिनी आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भन्ने जानकारी हुन आएकाले भत्ता दिइएको छैन, वडाध्यक्ष घर्तीले भने ।

पोषणको अभावमा परिवारका सबै सदस्यमा त्यस्तो समस्या आएको हुनसक्ने स्थानीय कुलबहादुर डाँगीले बताए । सानैदेखि कुपोषणको दुश्चक्रले परिवारका सबै सदस्यलाई छोएको देखिन्छ यस्तो अवस्थामा दैनिकी चलाउँदै आउने परिवारको सङ्ख्या रोल्पामा धेरै हुनसक्छ डाँगीले भने । उनीहरुलाई स्थानीय सरकारले विशेष संरक्षण र रेखदेख गर्नुपर्ने डाँगीको सुझाव छ ।