निर्वाचन आयोगविरुद्ध ‘विवेकशील नेपाली’ सर्वोच्चमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन आयोगविरुद्ध ‘विवेकशील नेपाली’ सर्वोच्चमा


१३ चैत्र २०७५, बुधबार


काठमाडौं । उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । आवश्यक विधि प्रक्रिया पूरा गर्दासमेत दल दर्ता गर्न अस्वीकार गरेको भन्दै विवेकशील नेपाली सर्वोच्च पुगेको हो ।

विवेकशील साझा पार्टीबाट फुटेपछि विवेकशील नेपालीले दल दर्ताका लागि गत पुस २७ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, आयोगले फागुन २८ गते दल दर्ता हुन नसक्ने निर्णय गरेको थियो ।

विभाजनका लागि आवश्यक संख्या नपुगेको भन्दै आयोगले नयाँ दल दर्ता हुन नसक्ने बताएको छ ।

विवेकशील नेपालीले भने सबै प्रक्रिया पुगेको भन्दै आयोगको निर्णय अन्यायपूर्ण र कानून विपरीत भएकोले निर्णय सच्याउन सर्वोच्चमा रिट हालेको बताएको छ ।

एकीकृत पार्टीमा जम्मा ३७ केन्द्रीय सदस्य रहेको र त्यसमध्ये १६ जना (४० प्रतिशत बढी) विवेकशीलमा रहेको दावीसहित विवेकशील नेपाली निर्वाचन आयोगमा पुगेको थियो ।

आयोगले भने एकीकृत पार्टीको संख्या ३७ नभएको दावी गर्दै दल विभाजनका लागि संख्या नपुगेको तर्क गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस