हाइटेक प्रविधि : तरकारी खेतीका लागि उपयुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हाइटेक प्रविधि : तरकारी खेतीका लागि उपयुक्त


१३ चैत्र २०७५, बुधबार


बाजुरा । त्रिवेणी नगरपालिकाले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला कार्यक्रमको शुरुआत गरेको छ ।

कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न र आधुनिक तरकारी खेती गर्नका लागि महिलालाई सीप सिकाउने उद्देश्यले सो कार्यक्रमको शुरुआत गरेको हो ।

नगरपालिकाका कृषि विकास शाखाले कार्यक्रम सञ्चालनका लागि पाँच रोपनी जग्गा भाडामा लिएका छन् । सोही जग्गामा कृषि सम्बन्धी आवश्यक सीप सिकाउन र हाइटेक प्रविधिबाट तरकारी खेती प्रदर्शन कार्यक्रमको शुरुआत गरेको हो ।

मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि यो प्रविधि धेरै उपयुक्त भएकाले यसको शुरुआत गरेको त्रिवेणी नगरपालिका कृषि शाखाका प्रमुख मनबहादुर रावलले बताए।

कम लागतमा बढी उत्पादन दिइने, श्रम कम लाग्ने, सिँचाइ कम र मलको समेत सदुपयोग हुनुका साथै गोडमेल गर्नु पनि नपर्ने भएकाले यो प्रविधि कृषकहरुका लागि उपयुक्त र फलदायी हुने विश्वास प्रमुख रावलको छ ।

त्रिवेणी नगरपालिकाका कृषि शाखाको सहयोगमा हालसम्म ७७७ कृषक हाइटेक प्रविधिबाट खेती गर्ने तालीम लिइसकेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस