अध्यक्ष र व्यवस्थापकलाई सहकारी शिक्षा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष र व्यवस्थापकलाई सहकारी शिक्षा


१३ चैत्र २०७५, बुधबार


पाल्पा । तिनाउ गाउँपालिका क्षेत्रभित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि सहकारी शिक्षा, ऐन, नियम र विनियमसम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ ।

तिनाउ गाउँपालिका सहकारी समन्वय समितिको आयोजना र तिनाउ गाउँपालिकाको आर्थिक व्यवस्थापनमा सञ्चालित तालीममा गाउँपालिका क्षेत्रभित्रका २० सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि स्थानीय सहकारी ऐन, नियम र विनियमसम्बन्धी सहजीकरण गरिएको हो ।

स्थानीय सरकारको सहकारी ऐन नियम तथा विनियम, सहकारीको सिद्धान्त, मूल्य मान्यता, नीति नियम, कार्यविधि तथा प्रविधिलगायतका विषयमा तालीममा छलफल केन्द्रित भएको सहकारी समन्वय समितिका सचिव सचिव गोपाल जिसीले बताए ।

तालीम समापनका अवसरमा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्न आवश्यक रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस