२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय

अ+ अ-

खलङ्गा । जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।

बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका छन् ।

शैक्षिकस्तर न्यून भएका बालबालिकालाई पढाइ शिविरमार्फत उनीहरुको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि पढाइ शिविर सञ्चालन गरिएको हो । बालबालिकाका लागि मनोरञ्जनपूर्वक सुरक्षित स्थानमा पढाइ विकास गर्न आफ्ना साथीसँगै सिक्ने अवसर प्रदान गरिएको छ । पढाइ केन्द्रमा बालबालिका विभिन्न क्रियाकलापमा व्यस्त हुने गरेका छन् । पढाइ केन्द्र पाँच सीपमा आधारित पाठ्यक्रमअनुसार सञ्चालन गर्ने गरिएको छ । बालबालिकालाई पढाइप्रति रुचि जगाउन र पठन सीपमा उपलब्धि हासिल गर्न सहयोग पुर्‍याएको छ ।

बालबालिकाको पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धिमा सुधार गर्ने प्रमुख उद्देश्यका साथ पढाइ शिविर सञ्चालनमा ल्याइएको किर्डाक नेपाल जुम्लामा जिल्ला संयोजक रेशमबहादुर शाहीले जानकारी दिए । यस्तै बालबालिकाले बुझेर पढ्न तथा पढाइ गति, शुद्ध उच्चारण, वान्की मिलाएर पढ्न सक्ने बानीको विकासमा सहयोग गर्ने, भाषाका चार सीप सुनाइ, बोलाइ, पढाइ र लेखाइ विकासमा सहयोग पु¥याउनेजस्ता उद्देश्यका साथ पढाइ शिविर सञ्चालन गरिएको उनले बताए। पढाइ शिविरमा चार आधारभूत सिद्धान्त समावेश गरिएको छ ।

जसमा पढाइ सीपमा केन्द्रित गर्ने, पढाइलाई जीवनसँग जोडेर लिने, पढाइको वातावरणलाई सक्रिय तथा आनन्ददायक बनाउने, विद्यालय तथा समुदायस्तरमा पढाइ विकाससम्बन्धी सामग्री निर्माण गरिन्छ । पढाइ शिविरमा विभिन्न सीप सिकाउने गरिएको छ । जसमा अक्षर ज्ञान, स्वर सचेतना, शब्द ज्ञान, पढाइ गति र पढाइ बोध रहेका छन् । शिविरमा विभिन्न चरण रहेका छन् । जसमा स्वतन्त्र खेल, गीत गाउने, विषयवस्तुका बारेमा जानकारी, कथा भन्ने, क्रियाकलाप, सामग्री बनाउने र लैजाने, पुनरावलोकन रहेका छन् । पढाइ शिविरमा माथिल्लो कक्षा र पढाइ विकास शिविरमा पढ्नेहरुबीच पढ्ने साथी बनाउने, पढ्ने साथी बनाउँदा सम्बन्धित गाउँ तथा टोलको हुनुपर्ने व्यवस्था गरिएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापा, समन्वय अधिकारी हरिप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटालगायतको टोलीले संयुक्त अनुगमन गरेको हो ।

लोर्पा गाउँमा रहेको शङ्कर आधारभूत विद्यालय र रिडिङ क्याम्पको पनि अनुगमन गरिएको छ ।

प्रत्येक शनिबार सञ्चालन गरिने पढाइ शिविरमा सिकाइ उपलब्धि कम भएका बालबालिकालाई भाषा, गणित र अनुसन्धानमा आधारित भएर गीत तथा खेलको माध्यमबाट सिकाउने गरिएको किर्डाक नेपाल जुम्लाका दीपराज रावतले बताए । शिविर सञ्चालनका लागि स्थानीय तहसँग छलफल गरी स्थानीय तहको शिक्षा योजनामा समावेशका लागि पहल गरिने उनको भनाइ छ ।

सरकारले तयार पारेको पाठ्यक्रममा आधारित भएर सञ्चालन हुने शिविरमा हरेक दिन फरक–फरक विषयवस्तुका बारेमा छलफल हुने गरेको रावतले बताए । बालबालिकाको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि पढाइ शिविरले सहयोग गरेको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटाले बताए ।

पातारासी गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले निरन्तर सिकाइका लागि पढाइ शिविर आवश्यक रहेको बताए । उनले भने, “राम्रो परिवारका बालबालिका त घरमा पनि पढ्छन्, तर कमजोर परिवारका बालबालिका विद्यालयमा पनि नियमित हुँदैनन्, त्यस्ता कमजोर बालबालिकाका लागि शिविर सहयोगी बनेको छ ।”

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले बालबालिकालाई करकाप गरेर पढाउनुभन्दा उनीहरुको रुचि र चाहनाअनुसारको शिक्षा दिनुपर्ने बताए ।

जुनोटिकबाट मानव जोखिममा

जुम्लाका पशु चिकित्सकले विभिन्न जुनोटिक रोगका कारण मानव स्वास्थ्य जोखिममा रहेको बताएका छन् । जुनोटिक रोगका बारेमा जानकारी दिने उद्देश्यले सोमबार पातारासी गाउँपालिका पशु सेवा शाखा जुम्लाले आयोजना गरेको कार्यक्रममा पशु चिकित्सकले जुनोटिक रोग नियन्त्रणमा पहल हुन जरुरी रहेको औँल्याएका छन् । पशुपक्षी र मानिसबीच सर्ने विभिन्न रोगलाई जुनोटिक रोग भनिन्छ । नेपालमा प्रमुख रुपमा रेबिज, बर्डफ्लूजस्ता जुनोटिक रोग रेकर्ड भएका छन् । देशका विभिन्न क्षेत्रमा पशुपक्षीमा देखिएको बर्डफ्लू मान्छेमा भने अहिलेसम्म नदेखिएको पातारासी गाउँपालिका स्तरीय पशु सेवा संयोजक शिवप्रसाद देवकोटाको भनाइ छ ।

जुनोटिक रोगहरु विभिन्न प्रकारले पशुपक्षीबाट मानिसमा सर्ने गरेको उहाँको भनाइ छ । गाईभैँसीको काँचो दूध र पशुपक्षीको काँचो मासुको उपभोगले पनि जुनोटिक रोग मान्छेमा सर्ने गरेको देवकोटाले बताए । पशु प्राविधिक हरि कामीका अनुसार घरपालुवा जनावर र पशुपक्षीबाट मात्रै होइन, जङ्गली जनावर र पशुपक्षीबाट समेत मानिसमा जुनोटिक रोग सर्ने जानकारी गराए । जङ्गली जनावरले टोकेर हो वा उनीहरुको दिसापिसाबले पनि मानिसमा जुनोटिक रोग सर्ने गरेको उनले सुनाए ।

सडक, बिजुली, शिक्षा, स्वास्थ्य माग

जुम्लाको चन्दननाथ नगरपालिका–२ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडा कार्यालयबाट सञ्चालन गरेको योजना र स्थानीयवासीको गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । स्थानीय तह गठन भएको डेढ वर्षपछि गाउँमा सञ्चालन भएका योजनाको बारेमा सार्वजनिक सुनुवाइ गर्दै स्थानीयवासीका गुनासो सुन्ने तेस्रो वडाका रूपमा २ नंले काम गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासीले आउँदा दिनमा योजना छनोट गर्दा सबैलाई बोलाउनुपर्ने माग गरेका छन् । २ नं वडामा सडक, बिजुली, सञ्चार, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर वडापालिकाले काम गर्नुपर्ने त्यहाँका स्थानीयवासीले माग गरेका छन् ।

विकास निर्माणकार्यमा जनप्रतिनिधिले सबैसँग समन्वय गरी काम गर्दा परिणाम सकारात्मक आउने सहभागीले सुझाव दिएका छन् । २ नं वडाले आर्थिक वर्ष २०७४÷७५ लागि चन्दननाथ नगरपालिकाबाट रु २९ लाख विनियोजन भएर आएको वडा सचिव मीना बुढ्थापाले जानकारी दिए। गाउँमा सञ्चालन भएका अधिकांश योजना सम्पन्न भइसकेको उनले बताए ।

चन्दननाथ नगरपालिका तथा २ नं वडामा सञ्चालन भएका योजनामध्ये हालसम्म २१ योजना सम्पन्न भइसकेको वडाध्यक्ष धनरासी भण्डारीले जानकारी दिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जनताका समस्या बुझने र वडाका कार्यक्रमबारे जनतालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सेजुवालले विकास निर्माणका काम प्राथमिकताका आधारमा क्रमिकरूपमा अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस