सिटिजन्स बैंकको सिइओमा गणेशराज पोखरेल नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिटिजन्स बैंकको सिइओमा गणेशराज पोखरेल नियुक्त


१२ चैत्र २०७५, मंगलबार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । कायममुकायम सिइओका रुपमा जिम्मेवारीमा रहेका पोखरेललाई बैंकको सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले सिइओमा नियुक्ति गरेको हो ।

पोखरेल स्थापनाकाल देखिनै बैंकसँग आबद्ध व्यक्ति हुन् । यसबीचमा उनले विभिन्न पदमा रहेर बैंकमा विभिन्न जिम्मेवारीमा रही कार्यसम्पादन गरिसकेका छन् । उनले ०६५ साल देखि दोस्रो बरियतामा रहेर कार्य सम्पादन गर्दै आएका थिए ।

व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा लामो कार्यअनुभव बटुलेका पोखरेलले दुई वटा विषयमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ र काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा उनी स्नातकोत्तर उत्तीर्ण छन्। उनले कानुनमा स्नातकसमेत गरेका छन् ।

यसअघि राजनसिंह भण्डारी बै‌ंकको सिइओ थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस