२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

अ+ अ-

काठमाडौं । नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ। बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो।

जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो। ‘युब्लिफेरिडे’ परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ। नेपालमा पाइने माउसुलीमध्ये यो ११औँ प्रजाति भएको सरिसृपविज्ञ करण शाहले जानकारी दिए।

विश्वमा ३८ प्रजातिका माउसुली भेटिएको छ। यो माउसुली भारत, बङ्गलादेश, पाकिस्तान, इरान, अफगानिस्तान, तुर्कमिनिस्तानमा पाइन्छ। रातिमा सक्रिय हुने र दिनभरि सुत्ने तथा अरु मासुलीजस्तो घरको भित्तामा नबसी जमीनमा बस्नु यसको विशेषता हो। बाँकोको काम्दिपछि सुनवल, नवलपरासी र सुर्खेतको गुर्भाकोट तथा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रमा समेत भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावत, सरिसृपविज्ञ करणबहादुर शाह र कुलबहादुर थापा तथा कोषका सन्तोष भट्टराई सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति पुष्टि गरेको हो। उक्त माउसुलीको बारेमा अमेरिकन जर्नल ुरेप्टाइल्स तथा अम्फिबिअन्सुमा सोमबार मात्र जानकारी प्रकाशित भएको छ।

हेर्दा नै आकर्षक भएकाले यस्ता माउसुलीलाई विदेशमा मानिसले पाल्ने गरिएको सरिसृपविज्ञ शाहले बताए। सुरुमा रेञ्जर यमबहादुर थापाले यसको फोटो खिचेर फेसबुकमा हालेका थिए, नयाँ प्रजाति हो भनेर मैले भनेपछि उनले फेसबुकबाट हटाएँ, पछि अनुसन्धान गर्दा नेपालकै नयाँ प्रजाति पुष्टि भयो, शाहले भने।

यसले सुख्खा क्षेत्रमा बासस्थान बनाएर बस्ने गर्छ। यो प्रजातिको अन्तर्राष्ट्रिय बजारमा वैध तथा अवैध दुवै खाले व्यापार हुने गरेको बताइएको छ। नेपालको भारतसँग खुला सिमाना रहेकाले र संरक्षित क्षेत्र बाहिर भेटिएकाले अवैध व्यापार हुनसक्ने सम्भावना रहेको भन्दै संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन्।

अहिलेसम्म तीन ठाउँबाट पाँच वटा मात्र भेटिएको यो प्रजातिलाई स्थानीयवासीले ुविषकोब्राु नामले चिन्ने तथा विषालु हुन्छ भन्ने भ्रमका कारण देख्ने बित्तिकै मार्ने गरेको अनुसन्धान टोलीले जनाएको छ। सुख्खा बासस्थान भएको चुरे क्षेत्र यो प्रजातिका लागि उपयुक्त बासस्थान रहेकाले अन्य चुरे क्षेत्रमा पनि यसको बासस्थान हुनसक्ने देखिन्छ।

नदी किनारबाट गिटीबालुवा झिक्दा घाइते अवस्थामा फेला परेकाले चुरे क्षेत्रको अत्यधिक दोहनले लोप हुनसक्ने खतरा छ।

जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र सरिसृप प्रजातिको अध्ययन अनुसन्धानमा सरकारको ध्यान जानुपर्ने संरक्षणकर्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस