लम्की । कैलालीमा ट्रकको ठक्करबाट एक कर्मचारीसहित दुई जनाको मृतयु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ भएको दुर्घटनामा जिल्ला समन्वयसमिति कैलालीका लेखापाल तेजबहादुर रावल र डेडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख १४१४ नंको मिनीट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते दुवैको सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो । उपचारका क्रममा गए रातिनै दुवै जनाको मृतयु भएको प्रहरीले जनाएको छ ।
मिनीट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।







