विराटनगर । विप्लव नेतृत्वका कोशी व्युरो इन्चार्जसहित दुईजना विरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान थालिएको छ ।
आइतबार पक्राउ परेका कोशी व्युरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) र माधव गौतमलाई संगठित अपराध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको हो ।
मोरङको कानेपोखरी गाउँपालिका–४ बयरबनबाट आइतबार साँझ उनीहरुलाई पक्राउ गरिएको थियो ।
प्रहरीले विप्लवको आन्तरिक प्रशिक्षण कार्यक्रम हुने भनिएको सूचना पाएपछि कार्यक्रमस्थल परगेर श्रेष्ठ र गौतमलाई पक्राउ गरेको हो । पक्राउ पछि उनीहरु दुबैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको थियो ।
अहिले उनीहरुलाई म्याद थप गरी धरानबाट उनुसन्धान भइरहेको प्रहरीले जाएको छ ।