२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खप्तड पर्यटन महोत्सव हुने

अ+ अ-

डोटी । उद्योग वाणिज्य सङ्घ डोटीले जेठ २५ गतेदेखि खप्तड पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ ।

माघ २५ गते देखि फागुन ७ गतेसम्म सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७५ को आय/व्यय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सङ्घले सो जानकारी दिएको हो ।

सङ्घले प्रादेशिक महोत्सवमा ४० लाख ८३ हजार आम्दानी भएको र ४० लाख ७२ हजार ७ सय ३८ खर्च भएको जनाएको छ । जसमा सबैभन्दा बढी टिकट बिक्रीबाट १६ लाख, ५० हजार ५ सय आम्दानी भएको देखाएको छ भने सबैभन्दा कम सहयोग स्वरूप केही कार्यालयबाट प्राप्त भएको छ । त्यस्तै सबै भन्दा बढी खर्च कलाकारहरूलाई पारिश्रमिक बापत १३ लाख ८५ हजार ५० रूपमा खर्च भएको समेत आय व्यय विवरणमा उल्लेख छ ।

प्रस्तावित भुक्तानी हुन बाँकी रकम १९ लाख २० हजार देखाइएको छ ।

उल्लिखित रकम भुक्तानी भएको खण्डमा सङ्घलाई सम्पूर्ण खर्च कटाएर १० हजार २ सय ६२ रुपैयाँ फाइदा हुने देखिन्छ ।

कृषि पर्यटनको विकास र प्रवर्धनकालागि उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गरेको सङ्घका अध्यक्ष मोहन बहादुर कलेले बताए । उनले भने, ‘डोटीमा कृषि, धार्मिक पर्यटनको प्रचुर सम्भावना छ त्यसको प्रवद्धर्नमा सधैँ हाम्रो जोड रहन्छ ।’

डोटी जिल्ला सम्भावनाको खानी हो यसको विकास र प्रचार प्रसारमा सबैले जोड दिनु पर्ने उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपक खड्काले बताए । उनले भने, ‘हामी डोटीमा पर्यटकहरू भित्राउने नयाँ नयाँ उपायहरू अवलम्बन गरिरहेका छौँ । पर्यटकीय क्षेत्रमा होटेल व्यापार व्यवसायलाई पनि व्यवस्थित गर्न लागिरहेका छौँ ।

डोटीमा रहेका सम्भावनाहरूको खोजी गरी उजागर गर्ने उद्योग वाणिज्य सङ्घको लामो समयदेखिको प्रयास रहेको सङ्घका निवर्तमान अध्यक्ष नरेन्द्र खड्काले बताए । उनले भने, ‘डोटीको विकासमा हाम्रो सधैँ जोड रहन्छ ।’

डोटीमा उद्योग वाणिज्य सङ्घ र नेपाल चेम्बर अफ कमर्सले जिल्लामा दुई ओटा छुट्टा छुट्टै महोत्सवको आयोजना गर्नु भन्दा मिलेर एउटै महोत्सवको आयोजना गर्न सके थप प्रभावकारी हुने नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति सदस्य रामहरि ओझाले बताए ।

उनले भने, ‘डोटीको विकास गर्ने निजी व्यापारिक संस्थाहरूको एउटै लक्ष्य हो, त्यसैले आगामी दिनमा पनि मिलेर मेला महोत्सवको आयोजना गर्न सके विकासमा थप टेवा पुग्ने छ ।’

प्रतिक्रिया दिनुहोस