प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस


प्रशासन संवाददाता

११ चैत्र २०७५, सोमबार


काठमाडौं । संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ ।
सङ्खुवासभाका थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव छन् ।
यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त भएका थिए ।
निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी ५ जना सदस्य रहन्छन् । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन् ।
परिषद्को आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ ।
परिषद्का सदस्य एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक भएकाले परिषद् बैठकमा उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाएको अध्यक्ष तिमिल्सिनाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस