डिएसपी अंगुर जिसी अदालत उपस्थित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डिएसपी अंगुर जिसी अदालत उपस्थित


११ चैत्र २०७५, सोमबार


काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीका डिएसपी अंगुर जिसी आदालत उपस्थित भएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डिएसपी जिसी आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।

प्रमाण नष्ट र यातना दिएको भन्दै जिसीलगायत ८ जना प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो। बयानका लागि उनी कञ्चनपुर अदालतमा उपस्थित भएका छन्। हाल उनी निलम्बनमा छन्।

यसअघि आइतबार पूर्व एसपी दिल्लीराज विष्टलाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । विष्ट धरौटी तिरेर रिहा भए । अन्य प्रहरी अधिकारी पनि धरौटी तिरेर रिहा भइसकेको जनाइएको छ ।

साउन १० गते साथीको घरमा जान्छु भनेर निस्किएकी बालिका पन्त भोलिपल्ट नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस