२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ वटा झोलुङ्गे पुल अलपत्र

अ+ अ-

हुम्ला । जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन ।

सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले चार वटा पुलको जिम्मा र २०७३ सालमा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावलले सात वटा झोलुङ्गे पुलको जिम्मा लिएका थिए । पुल निर्माणका सामान समयमै ढुवानी नगर्दा ०७३÷७४ मै सम्पन्न हुने निर्माण कार्य रोकिएको छ । त्यसमध्ये चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँको पोरीगाउँ खोला र अदाचली गाउँपालिकाको चाफेटडी झोलुङ्गे पुल निर्माण भएको छ ।

चाफेट्डी झोलुङ्गे पुल प्रमुख प्राथमिकतामा रहेकाले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समिति कार्यालय हुम्लाका इञ्जिीनियर देवी ऐडीले जानकारी दिनुभयो । पुलको निर्माण ९० प्रतिशत काम भएको छ ठेकेदारले सामान ढुवानी नगर्दा पुल अलपत्र परेको इञ्जिीनियर ऐडीले बताए ।

आर्थिक वर्ष ०७२÷७३ मा सकिनुपर्ने मुचु झोलुङ्गे पुल, बुराउसे घटेखोला, ठाडोखोला ठेहे र सिक्पा खोला राहदेवको झोलुङ्गे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिनुभएको छ । त्यस्तै आव ०७४÷०७५ मा सम्पन्न हुनुपर्ने चारटङ्ग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावतसँग सम्झौता रहेको प्रमुख इञ्जिीनियर ऐडीले बताए । रासस