एसइई आजदेखि, चार लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एसइई आजदेखि, चार लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदै


१० चैत्र २०७५, आइतबार


काठमाडौं । यस वर्षको एसइई आज देखि सुरु हुँदैछ। बिहान ८ बजेदेखि  शुरु हुने परीक्षा ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ ।

परीक्षामा देभरबाट चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी हुने भएका छन् । २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन्।

आज पहिला दिन अनिवार्य अंग्रेजीको परीक्षा हुँदै छ । परीक्षाका लागि देशभर सबै तयारी पूरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षामा अभद्र व्यवहार गरिएको भेटिएमा कानुन बमोजिम कारबाही गर्न सुरक्षा निकायलाई निर्देश’न दिइएको छ ।

पहिलो पटक संघीय संरचना अनुसार परीक्षा २१ गते सम्म सञ्चालन हुनेछ ।

परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने १ हजार ९ सय ६९ केन्द्राध्यक्ष, ३ हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित छन्।

प्रतिक्रिया दिनुहोस