२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फागु

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पर्व(होली)ले सबै नेपालीबीच एकता र सामाजिक सद्भाव कायम गर्न सफलता मिलोस् भनि शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित होली पर्व–२०७५ शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘यो पर्वले सबैलाई सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिल्नेछ ।’ मुख्यमन्त्री राईले विविध चाडपर्व तथा संस्कृतिको संरक्षण गरेर समृद्धितर्फको यात्रामा अगाडि बढ्नु हामी सबैको दायित्व हो भने ।

प्रमुख सचिव केदार न्यौपानेले सरकारले देश विकास गर्न लिएको संकल्प पूरा गर्न सबैले एकजुट भएर अघि बढ्न पर्वले प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङ, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका संयोजकहरु, प्रहरी उपरीक्षकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो ।