२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन

अ+ अ-

काठमाडौं । शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई आज अभिनन्दन गरेको छ ।

विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले अभिनन्दन गरेको हो ।

निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गरे ।

सो अवसरमा पूर्व प्रम चन्दले साहित्यले जनतामा जागरण ल्याउने उल्लेख गर्दै त्यसबाट समाजमा रहेको विकृति तथा विसङ्गती हटाउन सहयोगी हुने बताए ।

उनले निबन्धकार लामिछानेका निबन्धमा मानिसको पीडा झल्केको हुन्छ भन्दै समाजमा भएका खराब कुरा त्याग्ने र असल कुरा ग्रहण गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाका निबन्ध अनुशरण गर्ने लामिछानेले निबन्धमार्फत जीवन हेर्ने नयाँ दृष्टि र चिन्तन प्रकट भएको पाइएको बताए ।

वरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारले साहित्य तथा निबन्धबाट समाजमा सकारात्मक सञ्चार सम्प्रेषण गर्न साहित्यको महत्वपूर्ण भूमिका हुने बताए ।

युवा निबन्धकार मोमिला जोशीले आफूलाई शङ्कर लामिछानेको निबन्धबाट साहित्य क्षेत्रमा आउन प्रेरणा मिलेको उल्लेख गरे ।

कुलपति उप्रेतीले वरिष्ठ निबन्धकार राजकर्णिकारलाई शङ्कर लामिछाने निबन्ध पुरस्कार तथा जोशीलाई शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार वितरण गरे । सो पुरस्कारको रकम क्रमशः रु ५० हजार र रु २५ हजार रहेको छ ।

सोही अवसरमा उप्रेतीले लामिछानको निबन्ध सङ्ग्रह एब्स्ट्राक्ट चिन्तन प्याज, कथा सङ्ग्रह गौँथलीको गुँड,निबन्ध सङ्ग्रह गोधुली संसार तथा विम्ब प्रतिविम्बको बिमोचन गरे ।