२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं उपत्यकामा यसरी मनाइँदैछ होली (फोटो फिचर)

अ+ अ-

काठमाडौं । होलीको दिनमा आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरी होली मनाइँदै छ । नेपाली तथा विदेी पर्यटकहरु एक आपसमा खुसी साटासाट गरी उमङ्गका साथ होली मनाउँदै छन् ।

काठमाडौंको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् ।

आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन् ।

विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौं उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ ।

हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्र्रह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

हेर्नुस् फोटो फिचर:

फोटो रासस