२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने

अ+ अ-

काठमाडौं । ‘गोरखा भूकम्प’, नाकामा भएको अवरोध तथा अन्य विभिन्न समस्याका कारण समस्या झेल्दै आएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार रुग्ण आयोजनाको रुपमा रहेको उक्त परियोजनाको पछिल्लो दिनमा निर्माण कार्यलाई तिव्र पारेका कारण सम्पन्न हुने चरणमा पुगेको हो ।

प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी वैशाख १७ गतेदेखि पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

रसुवा र नुवाकोटको सिमानामा निर्माण भइरहेको सो आयोजना लामो समयदेखि समस्यामा फसेकेका थियो । सबै समस्याबाट पार पाएपछि आयोजनाले गति मात्रै लिएको छैन, विद्युत् उत्पादन हुने चरणमा समेत पुगेको हो । दोस्रो युनिट भने आगामी असार १५ गतेदेखि सञ्चालनमा आउनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीको संयुक्त बैठकले आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

मुख्य गरी विद्युत् माग बढी भएको काठमाडौँ उपत्यकाबाट नजिक रहेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनको लागि आयोजना योगदान महत्वपूर्ण रहेको प्राधिकरणको बुझाइ छ । त्रिशूली नदी बेसिनमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको छ ।

कूल ६० मेगावाट क्षमताको आयोजनामा ३०/३० मेगावाटका दुईवटा युनिट रहेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही अघि आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न आयोजना प्राधिकरण, आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

शुक्रबारबाट आयोजनाको बालुवा थिग्राउने पोखरीभन्दा बाहिर रहेका बाँध र त्यहाँ रहेका द्वारलगायतका संरचनाको परीक्षण भइरहेको छ । यो काम यही ११ चैत्रभित्र सक्ने समय तालिका तय गरिएको छ । त्यस लगत्तै आगामी पैशाख २ गतेसम्म बालुवा थिग्राउने पोखरी, मुख्य सुरुङ, लगायतका संरचनाको परिक्षण गर्ने कार्यसूची तयार गरिएको छ ।

यस्तै आगामी वैशाख २ गतेपछि विद्युत् गृहमा रहेको जेनेरेटर लगायतका उपकहरण, पानी निकास सुरुङको परीक्षण सम्पन्न गरी १७ वैशाखबाट पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फणिन्द्रराज जोशीको भनाइ छ ।

‘हाल हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको जडान र परीक्षण गर्ने काम भइरहेको छ ।’, जोशीले भने, ‘प्रसारणलाइन पनि १७ वैशाख अगाडि नै तयार पार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ ।’ आयोजनास्थलबाट काठमाडौँको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ ।

मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । कम्पनीसँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । कूल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।

इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) ले गरिरहेको छ । त्यसका लागि २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७१ जेठ १७ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न उल्झनका कारण आयोजना समस्यामा फसेकेको थियो । विगतमा विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । सोही कारण आयोजनाको म्याद २०७३ साल असार १६ गतेसम्म थप भएको थियो ।

गोरखा भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति आएपछि प्राधिकरणले आयोजनाको म्याद २०७६ वैशाख १७ गतेसम्म थप गरेको थियो । भूकम्प र पहिरोले बाँधस्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको काम नेपाली सेनाले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस