२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया उत्पादन र अनुसन्धानमा नेपाल–चीन सहकार्य आवश्यक : कृषिमन्त्री खनाल

अ+ अ-

बेइजिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताएका छन् ।

चीनको सिचुवान प्रान्तको इविन शहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहनुभएका खनालले नेपाल चियामा आत्मनिर्भरताको अवस्थामा पुगे पनि चियालाई संस्कृति र कलाको रूपमा विकास गर्न अझै धेरै काम गर्न बाँकी छ भन्दै चीन सरकारसँग सहकार्यको प्रस्ताव राखे।

सो अवसरमा मन्त्री खनालले नेपालमा गुणस्तरीय चिया उत्पादन हुँदाहुँदै पनि विश्व बजारमा सन्तोषजनक उपस्थिति बनाउन नसकिरहेको सन्दर्भमा नेपालको चियालाई विश्वबजारमा पु¥याउन इविनले उपलब्ध गराएको मञ्च नेपालका लागि ठूलो अवसर भएको बताए ।

चिनियाँ उपकरण तथा मेसिनको प्रयोग गरी नेपालमा हाल चिया उत्पादन गर्ने एक सय बढी साना कारखाना सञ्चालनमा छन् । नेपालमा ठूलो मात्रामा चिया उत्पादन भए पनि न्यून परिमाणमा मात्र चिया चीनतर्फ निर्यात भएको छ । ‘यो परिमाणलाई बढाउँदै लाने हाम्रो प्रयास जारी छ । किनकि हामीलाई थाहा छ, चियालाई पेयपदार्थको रूपमा मात्र होइन, संस्कृति, माया एवं सम्मान गर्ने मुलुकका रूपमा पनि चीनलाई लिइने गरिन्छ’, मन्त्री खनालले भने।

राणा प्रधानमन्त्री जङ्गबहादुरलाई चिनियाँ सम्राटले उपहारस्वरुप दिएको चियाको बीउ पूर्वी नेपालको इलाममा रोपेपछि नेपालमा चियाखेतीको शुरूआत भएको यस क्षेत्रका जानकारको भनाइ छ ।

उक्त सम्मेलनमा चिया क्रेता बिक्रेताबीचको भेटघाट, चियाको प्रदर्शनी, कालो चिया उद्योग मञ्च, लगानी प्रवर्द्धन तथा करार सम्झौता, एशियाली चिया सङ्गठनको भेला, अन्तर्राष्ट्रिय साना चिया व्यवसायी भेलालगायतका महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्मेलनमा नेपाली किसान तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित ४० देशका झण्डै एक हजार प्रतिनिधिको सहभागिता रहेको छ ।

त्यसैगरी, मन्त्री खनालले नेपालमा आगामी मार्च २९ र ३० मा हुन लागेको लगानी सम्मेलनमा मित्र राष्ट्रहरुको सहभागिता र समन्वयको खाँचो रहेको औँल्याए । मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए । मन्त्री खनालले नेपालले विकास र समृद्धिका दृष्टिले छिमेकी राष्ट्रहरु चीन र भारतको सद्भाव र त्रिदेशीय सहकार्यको अधिकतम सदुपयोग गर्न चाहेको बताए । खनालले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड अवधारणा (बिआरआई) ऐतिहासिक रहेको भन्दै यसले व्यावसायिक र सांस्कृतिक हिसाबले विश्वलाई जोड्न सफल हुनेमा नेपाल विश्वस्त रहेको बताए ।

इविन शहर र पोखरा महानगरपालिकाबीच भगिनी सम्बन्धसमेत स्थापित भइसकेको र यी दुई शहरले नेपाली र चिनियाँलाई विभिन्न तरिकाले थप नजिक बनाउन काम गरिरहेका छन् । रासस