भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियान सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियान सुरु


५ चैत्र २०७५, मंगलबार


कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरुवात गरेका छन्।

आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्य योजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

अभियान अन्तर्गत दोषीलाई कानुनी कारबाहीका प्रक्रियाहरु आक्रामक रूपमा अगाडि बढाइने सिरिसेनाले शुभारम्भ कार्यक्रममा बताए ।

संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरुलगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाई छ ।

अभियान सुरुवात कार्यक्रममा चार ओटा हातेकिताव पनि सार्वजनिक गरिएको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस