२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा कार्यक्रम एउटै छानामुनि

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमलाई एउटै छानामुनि राख्ने बताएका छन् । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ औँ वार्षिक कार्यक्रममा उनले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका सरकारका विभिन्न संघसंस्थालाई एकीकृतरूपमा सञ्चालन गरिने बताए ।

‘सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एउटै छातामुनि ल्याएर विश्वमा अन्य मुलुकमा भएजस्तै समाजिक सुरक्षासँग सम्बन्धित परिचयपत्रदेखि समाजिक सुरक्षा भत्ता बाँड्नेसम्मको सबै कामलाई एकीकृतरूपमा सञ्चालन गरिने छ’ उनले भने, ‘समाजिक सुरक्षामा काम गर्ने संस्थालाई ५ वर्षभित्र संस्थागत पुनःसंरचना गरेर एकीकृत गरिने छ ।’

मन्त्री खतिवडाले सामाजिक सुरक्षा कार्यक्रममा नागरिक लगानी कोष अभिन्न अङ्ग भएकाले सरकारसँग सँगसँगै अगाडि बढ्नुपर्ने बताए । कोषलाई वित्तीय बजारमा बलियो आधार बनाउनुपर्ने उल्लेख गर्दै कोषलाई बढी स्वायत्त र स्पष्ट बनाउन नयाँ कानून बनाइरहेको जानकारी गराए ।

स्वपूँजी बजार र धितोपत्रबाट पूँजी उठाउन चाहनेलाई कोषले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो । पूँजी बजारमा सक्रिय भूमिका निर्वाह गर्ने संस्था कोष भएकोले मुद्राबजारमा धेरै नखेल्न आग्रहसमेत उनले गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थाको निरीक्षण सुपरिवेक्षण गर्ने तयारी भइरहेको जानकारी दिए । कोषका अध्यक्ष प्रा डा.रामचन्द्र भट्टराईले कोषले ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधार जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बताए।

कोषका कार्यकारी निर्देशक रमण नेपालले असङ्गठित क्षेत्रका स्वतन्त्र मजदूर, किसान तथा स्वरोजगारमा रहेका उद्यमी तथा व्यवसायीलाई लगानी कोषका विविध कार्यक्रममा आबद्ध गराउन अध्ययन भइरहेको बताए । कोषले अहिले ११ कार्यक्रमबाट चार हजार ८०० बढी कार्यालयका छ लाख ३१ हजार ९१९ सेवाग्राहीलाई समेटेको छ ।

कोषले आर्थिक वर्ष २०७५र७६ को पुस मसान्तसम्ममा रु १ खर्ब १७ अर्ब १२ करोड बराबर खुद कोष परिचालन गरेको छ भने रु १ खर्ब १३ अर्ब ८४ करोड लगानी प्रवाह भएको छ । छ रोपनीमा आगामी चार वर्षभित्र ९ तले कोषको भवन करीब रु ६९ करोडमा बन्ने छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी हरिचन्द्र श्रेष्ठ, राजु भुर्तेल र जानुका भट्टराईलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस