सबै मिली जुली कला र संस्कृतीको जर्गेना गरौँ : नगर प्रमुख सरावगी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सबै मिली जुली कला र संस्कृतीको जर्गेना गरौँ : नगर प्रमुख सरावगी


३ चैत्र २०७५, आइतबार


वीरगन्ज । सरोकारवाला सबै पक्ष मिलेर मधेसको कलासंस्कृतीको जर्गेना गर्नुपर्ने आवश्यकता रहेको नगर प्रमुख विजय कुमार सरावगीले बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतष्ठानले आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

वीरगन्जको राणीसती धर्मशालामा आइतवार विहान आयोजना गरिएको उक्त कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख सरावगीले मधेसमा रहेका स्थानिय कला संस्कृतिको जगेरणा गर्नुपर्ने हामी सबैको दायीत्व भएको बताउदै कला र संस्कृतीको उथ्थानका लागी महानगरपालिका सदैव तैयार रहेको बताए ।

वीरगन्जमा पहिलो पटक आयोजन गरिएको चित्रकला प्रर्दशनी कार्यक्रमको आयोजकहरुलाई धन्यवाद व्यक्त गर्दै उनले युवाहरुले बनाएका चित्रकलाहरुका प्रसंशा गर्दै स्थानिय युवा युवतीहरुमा रहेको कलाकारीता विकासको लागी महानगरपालिका सक्दो सहयोग गर्ने बताए।

नेपाल ललितकला प्रतिष्ठानकि सुश्मा राजभन्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यत्रममा युवा नेता अरविन्द सिहं,प्राज्ञ मुकेश मल्ल लगायतका व्यक्तिहरु वीरगन्जमा पहिलो पहट चित्रकाला प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको प्रति आयोजकलाई धन्यवाद व्यक्त गर्दै स्थानिय कला संस्कृतीको विकासको लागी यस्ता कार्यक्रमहरुको आयोजनालाई निरन्तरता दिनु पर्ने धारणा व्यक्त गरेका थिए ।

        

प्रतिक्रिया दिनुहोस