पत्नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका प्रस्थान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका प्रस्थान


३ चैत्र २०७५, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका प्रस्थान गरेका छन् ।

उनी पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि आइतबार साँझ अमेरिका प्रस्थान गरेका हुन्।

आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए ।

उनले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेको बताए । यदि नसकिएमा सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस