२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुखुरापालनमा शहरीकरणको प्रभाव

अ+ अ-

रत्ननगर । चितवनमा बढ्दै गइरहेको शहरीकरणको प्रभाव यहाँको कुखुरापालन क्षेत्रमा पनि देखिएको छ ।

ह्याचरी, कुखुराको फर्म तथा दाना उद्योग भएको जग्गाको मूल्य उच्चतम वृद्धि भएपछि यहाँको ग्रामीण भेग तथा अन्य जिल्लामा पोल्टी खुल्नेक्रम बढेसँगै शहरीकरणको प्रभाव देखिएको हो ।

नेपाल पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नयाँ व्यवसायीले कम लगानीबाट व्यवसाय शुरु गर्ने भएकाले सस्तो जग्गा भाडाका लागि ग्रामीण क्षेत्रलाई आफ्नो रोजाइमा पारेको बताए ।

जिल्लामा लामो समयदेखि पोल्ट्री सञ्चालन गरेकाले पोल्ट्री प्रदूषण भई कुखुरा राम्रो उत्पादन नहुने भएकाले पनि शहरभन्दा ग्रामीण क्षेत्र उपयुक्त हुने जानकारी दिए ।

जिल्लामा जनघनत्वमा भएको वृद्धि र जग्गाको मूल्यमा भइरहेको महङ्गीले अन्य जिल्लामा फर्म खुल्नेक्रम शुरु भएको उनले बताए । ‘व्यावसायिकरुपमा कुखुरापालन गर्न पहाडी ठाउँ नै राम्रो हुन्छ’, उनले भने, ‘पहिला व्यवसायी राम्रोसँग बाँच्नसके मात्र पोल्ट्री क्षेत्र आत्मनिर्भर बन्छ । त्यसका लागि उत्पादन क्षेत्र र बजार क्षेत्रको दूरी मिलाएर व्यवसाय गर्दा चौतर्फी फाइदा हुन्छ ।’

नेपाल दाना अण्डा तथा कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेका अनुसार डेढ वर्षदेखि पोल्ट्री व्यवसायी अन्य जिल्लामा गई पोल्ट्री व्यवसाय शुरु गर्न थालेका छन् । अहिले चितवनका पोल्ट्री व्यवसायीले दाङ, गोरखा, लमजुङ, तनहुँ, नगरकोट, रुपन्देही र चितवनकै ग्रामीण भेगमा पोल्ट्री खुल्नेक्रम बढेको व्यवसायी बताउँछन् ।

‘जिल्लाकै पोल्ट्री बन्द गरेर स्थानान्तरण गरिएको होइन’, उनले भने, ‘नयाँ खुल्ने र विस्तार हुने फर्म अन्य जिल्लामा खुलेका हुन् । जग्गाको भाडा सस्तो र जैविक सुरक्षाका दृष्टिकोणले अन्य जिल्ला व्यवसायीको रोजाइमा परेको हो ।’ पोल्ट्री व्यवसाय सञ्चालन गर्न २५ देखि २९ डिग्री तापक्रमलाई उपयुक्त मानिन्छ । हावापानीको हिसाबले चितवनभन्दा अन्य जिल्लाको तापक्रम कम हुने भएकाले व्यवसायीले त्यस क्षेत्रमा लगानी गर्न उत्साहित देखिएका छन् ।

पछिल्लो समय बाहिरी जिल्लामा कुखुराको खपत बढी हुने भएपछि सोही क्षेत्रको बजारलाई मासु र अण्डामा आत्मनिर्भर बनाउन व्यवसायीले नयाँ उपाय निकालेका हुन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले व्यवसायीले आर्थिक गुणस्तरलाई वृद्धि गर्न अन्य जिल्लामा व्यवसाय विस्तार गरेको बताए ।

‘कुखुराका लागि आवश्यक पर्ने दाना बनाउन मकै स्थानीय बजारमा पर्याप्त र सस्तो मूल्यमा पाइन्छ’, उनले भने, ‘ढुवानी खर्च नलाग्ने र बाटोमा कुखुरा मर्ने जोखिम नहुने भएकाले व्यवसायीलाई उच्चतम फाइदा पुग्छ ।’

चितवनमा भइरहेको शहरीकरणले सुरक्षित ठाउँको खोजीमा व्यवसायी अन्य जिल्लामा पुगेका हुन् । नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार चितवनमा एक हजार ६०० पोल्ट्री व्यवसायी छन् । पोल्ट्रीको राजधानी चितवनमा नेपालको कूल उत्पादनको ६० प्रतिशत चल्ला उत्पादन हुने गर्दछ ।

त्यस्तै लेयर्स कुखुरा ९५ र अण्डा ५० प्रतिशत उत्पादन हुने महासंघको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा उत्पादन भएको कुखुरा जम्मा १५ प्रतिशतमात्र खपत हुने गरेको छ । यहाँ उत्पादन हुने कुखुराको मुख्य बजार काठमाडौँ, पोखरा र वीरगञ्ज हो । हाल जिल्लामा २ हजारदेखि २ लाखसम्म कुखुरा पाल्ने व्यवसायी छन् ।

प्रतिक्रिया दिनुहोस