२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण

अ+ अ-

दमौली । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ । चालू आर्थिक वर्षमा ६१ उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने वार्षिक कार्यक्रमबमोजिम समितिले पहिलो पटक चार उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको हो ।

अनुदानमा प्रविधि पाउनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित अधिकारी टायरपञ्चरका सञ्चालक रमेश अधिकारी, व्यास नगरपालिका– कलेस्तिस्थित बानियाँ इको फार्मका सञ्चालक पप्पु बानियाँ क्षेत्री, व्यास नगरपालिका–२ दमौलीस्थित मनोज कुटानी पिसानी मिलका सञ्चालक शर्मिला श्रेष्ठ र व्यास नगरपालिका–२ दमौलीस्थित क्यासमिरी अफसेट प्रेसका सञ्चालक मुना कालिराज विके रहेका छन् ।

अधिकारी टायरपञ्चरलाई एक थान कम्प्रेशर ट्याङ्की सेट र एक थान एयर कम्प्रेशर गन वितरण गरिएको छ । समितिले यसका लागि ९५ हजार अनुदान दिएको छ भने उद्यमीले रु ३२ हजार योगदान गरेको समितिका निर्देशक विमला धितालले जानकारी दिए ।

बानियाँ इको फार्मलाई पावर ट्रिलर प्रदान गरिएको छ । पावर ट्रिलरका लागि समितिले ९५ हजार अनुदान दिएको छ भने उद्यमीले ६५ हजार योगदान गरेका छन् । समितिले ४९ हजार ६०० अनुदानमा मनोज कुटानी पिसानी मिललाई एक थान कम्बाइन मिल सेट प्रदान गरेको छ । यसमा उद्यमीले १२ हजार ४०० योगदान गरेका छन् ।

क्यासमिरी अफसेट प्रेसलाई प्रदान गरिएको फोटोकपी मेशिनका लागि समितिले ९५ हजार अनुदान दिएको छ भने उद्यमीले २४ हजार योगदान गरेका छन् ।

समितिका निर्देशक धितालका अनुसार जिल्लाका ६१ उद्यमीलाई प्रविधि हस्तान्तरणका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । बाँकी ५७ उद्यमीलाई समेत छिट्टै प्रविधि हस्तान्तरण गरिने उनले जानकारी दिए ।

सरकारको ८० प्रतिशत र साना उद्यमीको २० प्रतिशतको साझेदारीमा उक्त प्रविधि हस्तान्तरण गर्न साना उद्यमी छनोट समिति गठन गरिएको थियो ।

उद्यमी व्यवसायीको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएपछि प्राप्त आवेदनमध्ये प्रविधि हस्तान्तरण कार्यविधि पूरा गरेका साना उद्यमीलाई मात्रै प्रविधि हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको, कर चुक्ता भएको र पहिले प्रविधि नपाएकालाई प्रविधि हस्तान्तरण गरिनेछ । उनले भने, ‘उद्यमीको माग बमोजिम नै छनौट भएका उद्यमीलाई प्रविधि हस्तान्तरण गर्नेर्छौँ ।’

उनका अनुसार उद्यमीलाई हाते ट्र्याक्टर, मसला पिस्ने मेशिन, जुकी सिलाइ मेशिन, ब्युटिपार्लरका सामग्री, मौरी घार लगायतका प्रविधि हस्तान्तरण गरिनेछ । प्रविधि पाएका उद्यमीले कम्तीमा पाँच वर्ष पाएको प्रविधि बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौतासमेत गरिएको छ ।

उद्यमीले पाएको प्रविधिको सही सदुपयोग भए नभएको अनुगमनसमेत गरिने भन्दै उनले उद्यमीसँग लिखित सम्झौता नै गरेकोले त्यसको दुरुपयोग भए कारवाही गरिने जानकारी दिए।

पावर ट्रिलर पाएपछि बानियाँ इको फार्मका सञ्चालक पप्पु बानियाँ क्षेत्रीले प्रविधिको प्रयोगमार्फत खेती गर्दा समयको बचत हुने बताए । उनका अनुसार यसअघि परम्परागतरूपमा कुटो, कोदालोबाट काम गरिएको भए पनि अब प्रविधिबाट काम गर्दा सहजसमेत हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस