चारपांग्रे गाडी नेपालमै बनाउने, कोरियन कम्पनीको साढे १० अर्ब लगानी स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चारपांग्रे गाडी नेपालमै बनाउने, कोरियन कम्पनीको साढे १० अर्ब लगानी स्वीकृत


प्रशासन विशेष ब्युरो

२ चैत्र २०७५, शनिबार


काठमाडौँ । सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको छ ।

शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्न  बोर्ड समक्ष पेश गरेको प्रस्तावलाई प्रधानमन्त्रीको अध्यक्षमा बसेको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

कम्पनीले परियोजना निर्माणको काम बढाइसकेको छ भने परियोजनाका लागि आवश्यक ऋण सुविधा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा.युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, मूख्य सचिव लोकदर्शन रेग्मीलगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस