२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न

अ+ अ-

काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । अड्डाको पुनर्निर्माण रु ३ अर्ब ४९ करोडमा सम्पन्न गर्ने लक्ष्यसहित पुनर्निर्माण विसं २०७३ देखि शुरु गरिएको थियो । उक्त मुख्यालयमा ४७ कार्यालय छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा रहेको उक्त स्थलबारे जानकारी लिँदै प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपायहरु अपनाई जङ्गी अड्डाको पुनर्निर्माण गरिएकामा खुशी व्यक्त गरे ।

भूकम्पबाट क्षति भएका नेपाली सेनाका सबै संरचना सुरक्षित रुपमा पुनर्निर्माण गर्न आग्रह गर्दै उनले भूकम्पलगत्तैको राहत र उद्धार कार्यमा सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले भूकम्पबाट क्षति भएका नेपाली सेना अन्र्तगतका संरचनाहरुको पुनर्निर्माण प्राधिकरणको दायित्व भएको बताए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राधिकरणको ठूलो सहयोग र राम्रो समन्वयबाट जङ्गी अड्डा लगायतका संरचनाको पुनर्निर्माण भइरहेको बताउँदै आगामी वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण कार्य भइरहेको जानकारी दिए । प्राधिकरणको लक्ष्यभित्र सेनाका सबै संरचनाको पुनर्निर्माण सम्पन्न हुने बताउँदै उनले सेनाले भविष्यमा निर्माण गर्ने संरचनाहरु पनि सुरक्षित र बलियो बनाउने बताए।

निरीक्षणका क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसहित सहसचिव शिवहरि शर्मा, पिताम्बर घिमिरे, सहसचिव तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन०का आयोजना निर्देशक नवराज प्याकुरेललगायत थिए ।