प्राविधिक शिक्षालय भवनका लागि बजेट विनियोजन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्राविधिक शिक्षालय भवनका लागि बजेट विनियोजन


३० फाल्गुन २०७५, बिहिबार


घोराही । घोराही उपमहानगरपालिका–१७ स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको भवन निर्माणका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) ले रु १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

शिक्षालयको जग्गा प्राप्ति प्रक्रिया अघि बढेसँगै परिषद्ले भवन निर्माणका लागि बजेट विनियोजन गरेको हो । परिषद्ले पूँजीगत बजेटबाट सो रकम विनियोजन गरेको शिक्षामन्त्री सचिवालयका प्रमुख जीवन गौतमले जानकारी दिए।

यता विद्यालयको जग्गा प्राप्तिको प्रक्रिया पनि अघि बढेको छ  । प्रावि कर्जाहीले विद्यालयको जग्गा प्राविधिक शिक्षालयलाई दिने सहमति दिइसकेको छ भने घोराही उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले पनि जग्गा प्राप्तिका लागि अनुमति दिने निर्णय गरिसकेको छ । जग्गा प्राप्ति प्रक्रिया पूरा भएलगत्तै भवन निर्माणको काम शुरु गरिने सिटीइभिटीले जनाएको छ ।

शिक्षालयका संयोजक केशरमान बिसीका अनुसार यो वर्ष वन विज्ञानको पढाइ भइरहेको छ । आगामी चैतदेखि फुड एण्ड डेरीको पठनपाठन शुरु गर्ने तयारी गरिएको छ भने अर्को शैक्षिकसत्रबाट पशु विज्ञान र होटल म्यानेजमेन्टको पढाइ शुरु गरिने शिक्षालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस