ब्राजिलको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ब्राजिलको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको मृत्यु


३० फाल्गुन २०७५, बिहिबार


साओ पाउलो । ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा ८ व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा ८ व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमहरुले बताइएको छन्।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ।

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले ५ जनाको मृत्यु भएको बताएका छन्। तर, यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ुग्लोबोुले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा ८ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ।

सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन्। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस