२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय क्षेत्रमा सडक निर्माण

अ+ अ-

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको पर्यटकीयस्थल बाराही ताल जानका लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजित रु तीन लाख र स्थानीयवासीकोे २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुकार घर्तीले जानकारी दिए।

अध्यक्ष घर्तीले दिएको जानकारीअनुसार देउगोरे, झाम्ताबोट र दास हुँदै बाराही तालसम्मका लागि ८०० मिटर सडक निर्माण गरिएको हो । सडकको चौडाइ छ मिटर फराकिलो बनाइएको छ । पछिल्लो समय पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवर्द्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष टङ्कप्रसाद पुनमगरले बताए । साथै, तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी बगैँचा निर्माण गर्न वडा कार्यालयबाट रु तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष पुनमगरले जानकारी दिए ।

यसैगरी बराही तालको पर्यटन प्रवर्द्धन गर्न बाराही ताल हुँदै छिमेकी जिल्ला ताराखोला गाउँपालिकाको देउरालीसम्म मोटरबाटो निर्माण हुने उनले जानकारी दिए । बराही ताल जानका लागि यसअघि वडा कार्यालयद्वारा पदमार्ग निर्माण गरिएको छ ।

विद्यालयलाई एक लाख सहयोग

आर्थिक अभावका कारण शिक्षकलाई तलब खुवाउन नसकेर समस्यामा परेको म्याग्दीको एक विद्यालयलाई एक व्यक्तिले रु एक लाख आर्थिक सहयोग गरेका छन्।

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेँसी निवासी हाल (युके) मा कार्यरत दलबहादुर रोकामगरले दुखुलेकस्थित मालिका आधारभूत विद्यालयलाई एक लाख सहयोग प्रदान गरेका हुन् ।

रोकामगरले सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम रोकामगर र प्रअ पहलबहादुर रोकामगरलाई हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी एवं चन्दादाता रोकामगरले दुर्गम क्षेत्रमा रहेको विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि, गरीब विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा सघाउने, भौतिक पूर्वाधार निर्माण र प्राविधिक शिक्षाको विकासका लागि आर्थिक सहयोग गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस