२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधुनिक प्रविधिको कृषिमा जोड

अ+ अ-

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन् ।

मन्त्री घिमिरेले कृषि, पर्यटन, जलविद्युत र उद्योगका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न अल्प, मध्य र दीर्घकालीन सोचले कार्य गरेमा मुलुकको समृद्धि कायम हुनेछ बताए ।

प्रदेश सचिव केदार न्यौपानेले विश्वविद्यालय र विद्यालयले दिने शिक्षा सीपमूलक भएमा मात्र त्यो सार्थक हुने विश्वास व्यक्त गरे । कार्यदलका संयोजक डा रुद्र सुवालले अहिले मुलुकमा भएका र आगामी २५ वर्षसम्म के–कस्तो जनशक्ति मुलुकलाई आवश्यक छ त्यस सम्बन्धमा आवश्यक सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गरे ।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लक्षमले कृषि, उद्योग, सेवा र राष्ट्रको आवश्यक्ताको आधारमा जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए । एकदिने अन्तरक्रिया कार्यक्रममा प्रदेश स्थानीय निकायका प्रमुख, उपप्रमुख, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस