विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध


प्रशासन विशेष ब्युरो

२८ फाल्गुन २०७५, मंगलबार


विप्लव

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेकोले विप्लव समूहका नामबाट कुनै पनि गतिबिधि गर्न नदिने गरी प्रतिबन्ध लगाउने निर्णय भएको उच्च स्रोतले प्रशासनलाई बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस