राजनीतिक सहमतिमा फेरी शंका छ रे ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजनीतिक सहमतिमा फेरी शंका छ रे ?


२६ फाल्गुन २०७५, आइतबार


कर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै पृथकतावादी आन्दोलन नरहेको बताएका छन् ।

किसान आयोगको आयोजनामा गरिएको एक कार्यक्रममा बोल्दै उनले नेपालमा पृथकतावादी आनदोलन समाप्त भएको बताएका हुन् । उनले सिके राउत सँगको सहमति र सिके राउतले पृथकतावाद छोडेर मूलधारको राजनीतिमा आउनु सफता रहेको बताए ।

उनले सरकार र राउत समूहबीच भएको सहमतिमाथि आशंका गर्नु राम्रो नभएको बाताए । प्रधानमन्त्री ओलीले भने, ‘पृथकतावाद छाडेर मूलधारमा आउनु र ल्याउन सफलता र सकारात्मक होइन भने के हो ?’ , ‘शंका छ रे ? भन्ने कुरा भनिराखेको छ उसले । फेरि शंका छ रे ? शंका, षड्यन्त्र, धोकामाथि मेरो विश्वास छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस