१ सय ५ केजी चरेससहित धादिङबाट ३ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१ सय ५ केजी चरेससहित धादिङबाट ३ जना पक्राउ


२६ फाल्गुन २०७५, आइतबार


पक्राउ

धादिङ । धादिङको गजुरीबाट १ सय ५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान ३ जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना५ख २८१२ नम्बरको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।

पक्राउ पर्नेमा बस चालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वी राजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो। यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस