२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिमी र म

अ+ अ-

तिमी भुल्छौ सपनामा
म अलमलिन्छु बिपनामा
तिमी हिँड्छौ नबिराई, नडराई
म भने आत्तिन्छु डराइ कराइ
कति शान्त तिमी, कति निर्भीक तिमी
कति स्थिर कति अटल तिमी
न डराउँछौ आधिबाट न बग्छौ भेलसँग
कस्तो राम्रो तिम्रो मन त्यस्तै राम्रो तिमी पनि ।

यर्थातको बोध नभएको होइन तिमीलाई
खराब त छन् तिम्रै वरिपरि पनि
तैपनि छैन गुनासो तिमीलाई
त्यसैले लाग्छ भिन्न छ कि संसार तिम्रो
त्यस्तै कथा र कहानी तिम्रो
तिम्रो काहाँनी भित्रको एउटा पात्र म
तैपनि सक्दिन हुन तिमी जस्तो भिडबाट भिन्न म
कस्तो राम्रो तिम्रो मन त्यस्तै राम्रो तिमी पनि ।

तिमी भुल्छौ सपनामा र पनि यर्थातमा बाटो खन्छौ
म अलमलिन्छु बिपनामा अनि सपनामा बाटो खोज्छु
तिमी रम्छौ कल्पनामा हिँड्छौ शिखरमा
म अल्झिछु सङ्घर्षमा खोज्छु बाटोहरू सपनामा
तिम्रो कहानी भित्रको एउटा पात्र म
तैपनि सक्दिन हुन तिमी जस्तो भिडबाट भिन्न म
कस्तो राम्रो तिम्रो मन त्यस्तै राम्रो तिमी पनि ।

तिमी भन्छौ संसार आफ्नो आफू भित्र
म भेट्दिन्न त्यहाँ ठोस भौतिक रूपको त्यस्तो चित्र
त्यहाँ त प्ररावर्तित र प्रतिबिम्बित भावनाको तरङ्ग मात्र
कति अविचलित कति अपरावर्तित तिम्रो भावना
त्यस्तै अचल मन र मस्तिक पनि
न भावनाको आवेगमा डगमगाउँ छ
न परिस्थितिको बन्धनमा बाँधिन्छ
तिमी हिँड्छौ नबिराई, नडराई
म भने आत्तिन्छु डराइ कराइ
कति शान्त तिमी, कति निर्भीक तिमी
कति स्थिर कति अटल तिमी
न डराउँछौ आँधीबाट न बग्छौ भेलसँग
तिम्रो कहानी भित्रको एउटा पात्र म
तैपनि सक्दिन हुन तिमी जस्तो भिडबाट भिन्न म
कस्तो राम्रो तिम्रो मन त्यस्तै राम्रो तिमी पनि ।

प्रतिक्रिया दिनुहोस