अन्तर्राष्ट्रिय महिला दिवसमा संयुक्त लालपुर्जा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अन्तर्राष्ट्रिय महिला दिवसमा संयुक्त लालपुर्जा


२५ फाल्गुन २०७५, शनिबार


मेलम्ची । हेलम्बु गाउँपालिकाका महिलाहरुले आफूले स्याहार गरेको जमीनको अधिकार श्रीमान् र श्रीमतीको संयुक्त लालपुर्जा बनाएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् ।

किसान महिला तथा पुरुषले जमीनमा बराबर काम गरे पनि जमीनको स्वामित्व भने पुरुषको मात्र भएकाले यस दिन उनीहरुले मापोत टोली गाउँमै आएको बेलामा संयुक्त पुर्जा बनाएका हुन् । हेलम्बु गाउँपालिकाकाको महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बुमा संयुक्त पुर्जा निर्माण शिविरमा २ज्ञछ जोडी श्रीमान श्रीमतीले संयुक्त पुर्जा बनाएका छन् ।

संयुक्त लालपुर्जा निर्माण शिविरमा मालपोत अधिकृत शान्ता बस्नयातले किसान महिला पुरुषलाई लालपुर्जा हस्तान्तरण गर्दै यो श्रमिक महिलालालाईउत्साह थप्ने अभियान भएकाले मालपोत कार्यालयले गाउँमै पुगेर सकहोग गरेको बताए ।

सरकारले १०० राजस्वमा संयुक्तपुर्जा निमाण गर्न सकिने नीति ल्याएको छ तर सर्वसाधारण भने यसको बारेमा जानकार छैनन् । सो शिविरले सरकारले महिलालाई अधिाकार दिने नीति ल्याएको छ । भन्ने सन्देश दिएको छ ।

आफूले स्याहारेको जमीनको अधिकार पाएपछि खुी हुँदै हेलम्बु गाउँपालिका –४, महाँकालकी गोमादेवी तामाङले बल्ल आफूले गरेको श्रमको सम्मान भएको भन्दै खुशी व्यक्त गरिन् । उनी त्या घरमा विवाह भएपश्चात् श्रीमती, बुहारी, आमा बनिन् । यसरी उनको क्रमशः नाता जोडिँदै गयो । तर उनी त्या घरको सम्पत्तिसँग जोडिएकी थिएन । अन्तर्राष्ट्रिय महिला श्रमि दिवस उनलाई थाहा नभएपनि त्यसै दिन उनको जमीनको अधिकारसँग पनि जोडिने मौका पाइन् ।

सामुदायीक आत्मनिर्भर सेवा केनद्रले भूकम्पपचात पनि भूमिमा महिला स्वामित्वका लागि निरन्तर अभियमन सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गात हेल्भेटास नेपालसँगको साझेदारीमा हेलम्बु गाउापालिकाकमा केन्द्रित गरेर संयुक्त पुर्जा निर्माण अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गात आत्मनिर्भर केन्द्रले जिल्ला मालपोत कार्यालयसँग सहकार्य गरेर समुदायमै टोली ल्यार्इृ हेलम्बु गाउापालिकाको १५ वटा स्थानमा संयुक्त पुर्जा निर्माण शिविर राखी संयुक्त पुर्जा बनाउन सहजीकरण रहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस