सिटीस्क्यान र आइसीयु सेवा थपिएकामा स्थानीयवासी खुशी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सिटीस्क्यान र आइसीयु सेवा थपिएकामा स्थानीयवासी खुशी


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


राजविराज । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले ५ भेन्टिलेटरसहितको आइसीयु र ५ सिसीयुसमेत जडान गरिएको बताए ।

यसअघि जिल्लामा ती दुबै उपकरण नहुँदा सो सम्बन्धी उपचारका लागि प्रदेश नं १ को विराटनगर वा धरानमा बिरामीलाई लैजान पथ्र्यो अब त्यो सेवा अब सप्तरीमै आइसकेपछि जिल्लावासीमा खुशी छाएको उनको भनाइ थियो ।

आइसीयुको अभावमा कतिपय बिरामीको ज्यान जोखिममा पर्न नदिन जिल्ला बाहिर पठाउनुपर्दा बढी रकम खर्चिनुपरेकाले आफूहरूले ती उपकरण ल्याएको अध्यक्ष ठाकुरले बताए । मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटी, पेट हड्डीको समस्यालगायत जटिल रोगका लागि ती उपकरण आवश्यक पर्ने चिकित्सकहरु बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस