पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रस्ताव पारित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रस्ताव पारित


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रकट गर्दै ‘शोक प्रस्ताव’ पारित गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

विसं २०४८ मा तत्कालीन नेकपा(एमाले)का तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा कम्युनिष्ट आन्दोलनका योद्धा पण्डितको उपचारका क्रममा यही फागुन २१ गते ७२ वर्षका उमेरमा निधन भएको हो ।

त्यसअघि उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ बैठकमा पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २६ गते मध्याह्न १२ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस