गण्डकी मेडिकल कलेजका दुई सञ्चालक पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गण्डकी मेडिकल कलेजका दुई सञ्चालक पक्राउ


२३ फाल्गुन २०७५, बिहिबार


कास्की । गण्डकी मेडिकल कलेजका दुई सञ्चालक पक्राउ परेका छन् । विद्यार्थी ठगीको मुद्धामा उजुरी परेपछि सिइयो सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परेका हुन् ।

सरकारले तोकेको नियम भन्दा वढी शुल्क लिएको भन्दै शुल्क फिर्ता लगायतका ४ सुत्रिय माग राख्दै ३६ दिनदेखि आन्दोलनरत विद्यार्थीहरु २५ दिन देखि रिले अनसन बस्दै आएका छन् । कलेजले प्रति विद्यार्थी १० देखि १६ लाख सम्म बढी लिएको विद्यार्थीहरुले बताएका छन् ।

सन् २०१५ देखि ०१८ सम्मका एमबीबीएस विद्यार्थीले बुधबार जाहेरी दरखास्त दिएका थिए । २०१५ का विद्यार्थीले ८३ र पुरक ३ जना गरि ८६ विद्यार्थीले एमबीबीएस तेस्रो वर्षको परीक्षा समेत दिएका छैनन् ।

विद्यार्थीहरुले आकास्मिक सेवा चालु हुने गरी, पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल अस्पतालको प्रशासन, ओपीडी र सुपरिटेन्डेन्टको कार्यलयमा ताला लगाएर आउन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस