२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला बलात्कार-हत्या प्रकरणमा मुद्धा दायर भएका मध्ये ६ जना प्रहरी हिरासतमा

अ+ अ-

कञ्चनपुर । बलात्ककार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा दायर गरिएका मध्ये ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ । बुधबार जिल्ला अदालतमा मुद्दा पेश गरे पछि आरोपितहरुलाई हिरासतमा राखिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

मुद्दा दायर भएसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको र आजैदेखि थुनछेक बहस पनि सुरु हुने जनाइएको छ ।

यातना र प्रमाण मेटाउने आरोप लागेका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी भने अदालतमा उपस्थित नभएको बताइएको छ । बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकिन्द्र खड्काविरुद्ध मुद्दा दर्ता भएको थियो ।

अदालतमा उपस्थित भएका डिएसपी सेठी, प्रहरी निरीक्षकबाट बर्खास्त गरिएका जगदीश भट्ट, निलम्बित प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई रामसिंह धामी, सई हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई प्रहरी हिरासतमा राखिएको छ ।

पुस ३ गते तत्कालीन एसपी बिष्टसहित ४ जनाका नाममा यातना कसुर र ४ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।