निर्मला बलात्कार-हत्या प्रकरणमा मुद्धा दायर भएका मध्ये ६ जना प्रहरी हिरासतमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मला बलात्कार-हत्या प्रकरणमा मुद्धा दायर भएका मध्ये ६ जना प्रहरी हिरासतमा


२३ फाल्गुन २०७५, बिहिबार


निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

कञ्चनपुर । बलात्ककार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा दायर गरिएका मध्ये ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ । बुधबार जिल्ला अदालतमा मुद्दा पेश गरे पछि आरोपितहरुलाई हिरासतमा राखिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

मुद्दा दायर भएसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको र आजैदेखि थुनछेक बहस पनि सुरु हुने जनाइएको छ ।

यातना र प्रमाण मेटाउने आरोप लागेका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी भने अदालतमा उपस्थित नभएको बताइएको छ । बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकिन्द्र खड्काविरुद्ध मुद्दा दर्ता भएको थियो ।

अदालतमा उपस्थित भएका डिएसपी सेठी, प्रहरी निरीक्षकबाट बर्खास्त गरिएका जगदीश भट्ट, निलम्बित प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई रामसिंह धामी, सई हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई प्रहरी हिरासतमा राखिएको छ ।

पुस ३ गते तत्कालीन एसपी बिष्टसहित ४ जनाका नाममा यातना कसुर र ४ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस