२ किलो ३ सय ग्राम सुनसहित चिसापानीबाट एक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२ किलो ३ सय ग्राम सुनसहित चिसापानीबाट एक पक्राउ


२३ फाल्गुन २०७५, बिहिबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । चिसापनीबाट २ किलो ३ सय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । गए राति चिसापानीमा चेकजाँचका क्रममा धनगढीका एक व्यापारीलाई २ किलो ३ सय ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्दा व्यापारीसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिएको तर, एक किलो सुनको बिल नभेटिएको जनाएका छन् । तर व्यापारीले भने काठमाडौंबाट सुन खरिद गरी ल्याएको दाबी गरिरहेका प्रहरीले जनाएका छन् । प्रहरीले व्यापारीको नाम सार्वजनिक भने गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस