‘फर्गिभ एण्ड फर्गेट’को आधारमा काम गर्नुपर्छ : डा.बाबुराम भट्टराई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘फर्गिभ एण्ड फर्गेट’को आधारमा काम गर्नुपर्छ : डा.बाबुराम भट्टराई


२२ फाल्गुन २०७५, बुधबार


काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘फर्गिभ एण्ड फर्गेट’को आधारमा काम गर्नुपर्ने बताएका छन् ।

भट्टराईले आज संसदमा बोल्दै सत्यनिरुपण तथा मेलमिलाप आयोगले ‘फर्गिभ एण्ड फर्गेट’ अर्थात ‘क्षमा गर र भूल’ भन्ने नीतिका आधारमा काम गर्नुपर्ने बताए ।

उनले द्वन्द्वकालिन घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनु पर्ने बताउँदै कसैलाई दण्ड गर्नुपर्ने भए आफूलाई दण्डित गर्न पनि चुनौती दिएका छन्् ।

उनले कसैलाई दण्डित गर्नु छ भने आफूलाई दण्ड भोग्न तयार रहेको बताए । उनले भने, ‘रिस छ भने दण्डित गर्नुहोस् म दण्ड भोग्न तयार छु ।’ उनले माओवादीले बनाएको समानान्तर सरकार संयुक्त राष्ट्रिय जनपरिषद्को प्रमुखको नाताले आफूलाई दण्ड भोग्न तयार रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस