रेशम चौधरीसहित ११ जनालाई २५ वर्ष कैदको फैसला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेशम चौधरीसहित ११ जनालाई २५ वर्ष कैदको फैसला


२२ फाल्गुन २०७५, बुधबार


काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोषी रेशमलाल चौधरीलाई २५ वर्ष कैद सजाय सुनाएको छ । चौधरीसहित ११ जनालाई अदालतले बुधबार २५ वर्ष कैद सजाय फैसला गरेको हो ।

चौधरी पुर्पक्षका लागि यसअघि नै कारागार चलान गरिएका थिए । उनले गत पुसमा सा‌ंसदको शपथ लिएका थिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद चौधरीलाई पुर्पक्षका लागि कारागार राखिएको थियो। कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते प्रहरीका एसएसपी र एक नाबालकसहित ९ जनाको हत्या भएको थियो ।घटनामा मुख्य योजनाकार भएको आरोप लागेका रेशम चौधरीले गत वर्ष फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।चौधरी अहिले  काठमाडौं डिल्लीबजार कारागारमा थुनामा रहेका छन् ।

घटनामा मुख्य योजनाकार भएको आरोप लागेका चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस