२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनलाई नमूना बनाउँदै महिला

अ+ अ-

राँझा  । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ वैजापुरस्थित भुवर भवानी सामुदायिक वनलाई जिल्लाकै नमूना वन बनाउन महिला कस्सिएका छन् ।

एघार जनाको कार्यसमितिमा कार्यकारी पद अध्यक्ष, सचिव, कोषाध्यक्षसहित सात महिला छन् । चार मात्र पुरुष छन् । विसं २०६० मा स्थापना गरिएको सो वनको नेतृत्व लिने कोही नभएपछि चार वर्ष अघि सीता परियारको अध्यक्षतामा कार्यसमिति चयन गरिएको थियो ।

‘उपभोक्ताको मन जितेर काम गर्दै आएका छौँ’, अध्यक्ष परियारले भने, ‘हामी नेतृत्वमा पुग्नु अघि संस्था ऋणमा थियो । ऋण तिर्नुपर्ने भएपछि वनको नेतृत्व सहजरुपमा महिलालाई जिम्मा लगाइएको हो ।’

‘ऋण चुक्ता गरी संस्थालाई मुनाफामा पुर्‍याएका छौँ’, उनले भने । भुवर भवानी सामुदायिक वन उपभोक्ता समूह बाँकेकै नमूना बन्न पुगेको छ । समूहले नमूना भवनसमेत निर्माण गरेको छ । समूहमा अहिले रु ३ करोडभन्दा बढीको काठ सञ्चित छ । काठ बेचेर प्राप्त भएको रु १७ लाखसहितको रकमले भवन निर्माण गरिँदै छ । ‘अहिलेसम्म रु २५ लाख खर्च भइसकेको छ’, अध्यक्ष परियारले भने ।

सिक्टा सवडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत मनोज साहले संस्थालाई उकास्न महिलालाई नेतृत्व सुम्पिएको बताए । स्थानीय उपभोक्ता एवं पूर्व सांसद पट्टु थारू महिलाले नेतृत्व गरेको सामुदायिक वन उदाहरणीय बनेको बताउछन् ।

समूहमा आयस्रोत जुटाएपछि पदको लागि तछाडमछाड शुरु भएको समूहकी सचिव सङ्गीता थारूले बताए । वनसँग साल, अस्ना, जामुन, कर्मालगायतको १२ हजार क्युफिट काठ मौज्दात छ ।

प्रतिक्रिया दिनुहोस