ब्यारेकभित्र आफैमाथि गोली प्रहार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ब्यारेकभित्र आफैमाथि गोली प्रहार


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


कञ्चनपुर । नेपाली सेनाका एक जवानले आफैमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन् । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए । “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उनले भने । के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस