विमानस्थलमा सुनसहित दुई पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विमानस्थलमा सुनसहित दुई पक्राउ


प्रशासन संवाददाता

१९ फाल्गुन २०७५, आइतबार


काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई रु ७ लाख ५१ हजार ९३५ मूल्य बराबरको २४९ ग्राम र रानासँग रु ५ लाख २६ हजार १८५ मूल्य बराबरको २०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस