फेवातालमा प्याराग्लाईडिङ खस्दा विदेशी पर्यटकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फेवातालमा प्याराग्लाईडिङ खस्दा विदेशी पर्यटकको मृत्यु


१९ फाल्गुन २०७५, आइतबार


पोखरा । प्याराग्लाईडिङबाट फेवातालमा खसेका एक विदेशी पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ ।

सारङकोटबाट उडेका रोमानियाका नागरिक ४२ वर्षीया एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको थियो । तालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको प्रहरी स्रोतले बतायो ।

विदेशी पर्यटक सिजर ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए । प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस